नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
पदाधिकारीले केन्द्रीय समितिमा पेश हुने एजेण्डा र प्रतिवेदनहरुलाई अन्तिम रुप दिने बताइएको छ। पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ। केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको छ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ।































प्रतिक्रिया