संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।आज बुधबार बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा लागि परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने तालिका राखिएको छ ।

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई सिफारिस गरेको छ ।

उनीहरूविरुद्ध संसदीय समितिले गत बुधबार उजुरी आह्वानका लागि १० दिनको समय दिएर सूचना जारी गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Skip This
Skip This
Logo