उज्वेकिस्तानमा तीन दिनसम्म लिफ्टमा फस्दा एक महिलाको मृत्यु

उज्वेकिस्तानमा तीन दिनसम्म लिफ्टमा फस्दा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उज्वेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेर एक महिलाको मृत्यु भएको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ। ३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् तर उनलाई बचाउन कोही आएनन्। अन्ततः लिफ्टभित्रै उनको मृत्यु भयो।

द मिररको रिपोर्टका अनुसार मृतकको पहिचान ओल्गा लियोन्टिभाको रुपमा भएको छ। लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेकी थिइन्। जहाँ उनीहरुले कुनै किसिमको सहयोग पाउन सकिनन् । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो। यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन्।

रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन्। दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए। त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो। अनुसन्धानपछि प्रहरीले समान पुर्याउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो।

यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन्। अनुसन्धानका क्रममा जुन लिफ्टमा फसेर महिलाको मृत्यु भएको थियो, त्यो लिफ्ट चीनमा बनेको रनिङ लिफ्ट हो। अहिले भवन प्राधिकरणविरुद्ध मुद्दा दर्ता भएको छ। लिफ्टमा धेरै समस्या भए पनि सुधार नभएको अनुसन्धानमा देखिएको छ। यसलाई घोर लापरवाहीको मुद्दा मानिएको छ। 

रिपोर्टका अनुसार दुर्घटनामा परी मृत्यु भएकी महिलाको एक ६ वर्षीया छोरी छन्,जसको हालत रोएर खराब भएको छ। आमाको निधनपछि उनी अहिले आफन्तसँग छन्।

Skip This
Skip This
Logo