संगठन सुदृढीकरण अभियानका लागि काँग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

संगठन सुदृढीकरण अभियानका लागि काँग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ। यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो।

काँग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ।

पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर)पनि दिएको छ। साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन्।

कोशी प्रदेशको ताप्लेजुङ-१ मा सुजनता परियार,पाँचथर–१ लक्ष्मी परियार, इलाम-२ डा.डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी-४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा-४ मा राजीव ढुङ्गानालगायत छन्।

Logo