माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ। बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्‍यो,’ महराले भने। केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ।

Logo