नेपाली बजारमा आज सुनको भाउ ६ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख १३ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै,तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख ११ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया