अधिवक्ता भगवती पाण्डे पक्राउको माग गर्दै भएको प्रदर्शनमा झडप, पत्रकारमाथी प्रहरीको दमन

अधिवक्ता भगवती पाण्डे पक्राउको माग गर्दै भएको प्रदर्शनमा झडप, पत्रकारमाथी प्रहरीको दमन

केन्द्रबिन्दु
0
Shares

अधिवक्ता भगवती पाण्डे (शीतल) लाई पक्राउ गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। 

पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी भईसक्दा पनि प्रशासन भने मौन नै बसेको भन्दै आज (बुधबार) जिल्ला प्रहरी परिसर टेकु घेराउ गर्न पुगेका नेपाल तामाङ घेदुङ र नेपाल मगर संघका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारी तितरबितर भएका छन्। प्रहरीले समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथि समेत अश्रुग्याँस प्रहार गरेपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। 

प्रहरीले पत्रकारसँगै करिब ३० जनालाई पक्राउ गरेको छ। प्रहरी दमनको विरोध गर्दै पत्रकारहरुले केहीबेर सडकमा क्यामरा राखेर विरोध समेत जनाएका थिए। यस्तै प्रहरी परिसरमा भिड हुन थालेपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्दै कालीमाटी पुर्‍याएका छन्। एक टेलिभिजन अन्तवार्ताका क्रममा पाण्डेले आदिवासी समुदायविरोधी अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भईरहेको छ।

Skip This
Skip This
Logo