अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ

केन्द्रबिन्दु
0
Shares

 विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । 

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शुक्रवार जिल्ला अदालत काठमाडौँले पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

पाण्डेको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न संघसंस्थाले बुधबार दिउँसो प्रहरी परिसर टेकुमा धर्ना दिँदै प्रदर्शन गरेका थिए ।प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार पनि गरेको थियो । प्रहरीले पत्रकारसँगै करिब ३० जनालाई पक्राउ गरेको थियाे । प्रहरी दमनको विरोध गर्दै पत्रकारहरुले केहीबेर सडकमा क्यामरा राखेर विरोध समेत जनाएका थिए। 

अधिवक्ता भगवती पाण्डे पक्राउको माग गर्दै भएको प्रदर्शनमा झडप, पत्रकारमाथी प्रहरीको दमन

Logo