यो सरकार आमालाई ल्याइदिएको सिक्री खोसेर १०० किलो सुन तस्करी गर्छः अध्यक्ष ओली

यो सरकार आमालाई ल्याइदिएको सिक्री खोसेर १०० किलो सुन तस्करी गर्छः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा सत्तापक्षकै संलग्नता रहेको दावी गरेका छन् । 

बुधवार काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २१औं स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले सुन तस्करीमा सरकारकै संलग्नता रहेको दावी गरे । उनले विदेशबाट आमालाई ल्याएको सिक्री खोस्ने तर सरकारले भने १०० किलो सुन भित्र्याएको दावी गरे । 

उनले भने, ‘आफूहरु सरकारमा छन्, १० दिन अगाडिदेखि आएको रहेछ, कुनै श्रोत कतैबाट खुल्यो र खपीनसक्नु थामीनसक्नु भएपछि गिरफ्तार भयो १०० किलो सुन, क्वीन्टल सुन आउँदो रहेछ । तपाईहरु जानु भयो भने के हुन्छ सियो पनि छिर्दैन । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्छ तर क्वीन्टल सुन ल्याउँछ यो सरकारले ।’

अध्यक्ष ओलीले सरकारले आफ्नो संलग्नता देखिने भएपछि छानविन समिति बनाउन नमानेको आरोप पनि लगाए । 

Skip This
Skip This
Logo