काठमाडौंमा सुरु भएको माओवादी केन्द्रिय कार्यसमिति बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । आजको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल भएको र १८ जनाले धारणा राखेको उनले बताए ।
‘पाँच वटा एजेण्डामा भयो । पहिलो एजेण्डा अध्यक्षले अध्यक्षता गर्नुभयो त्यसपछि श्रदान्जली सुरु भयो । त्यसपछि महासचिवले एजेण्डा प्रस्तुत गर्नुभयो त्यो पास भयो र अध्यक्षले संक्षीप्तमा प्रतिवेदन पेस गर्नुभयो त्योसँगै केही विद्यान संशोधन गर्नपर्ने भयो ।’ उनले भने ‘केन्द्रिय कमिटिमा समावेशी अनुरुपको केन्द्रिय कमिटि बनाउँन र केही छ्ट्न गएकोमा पेस भएको प्रतिवेदनमा छलफल सुरु भयो । छलफलमा आज १८ जना कमरेडले बोल्नुभयो । बाँकी भोली सुरु हुन्छ ।’
बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।































प्रतिक्रिया