किड्स कलेज र नामीबीच एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा

किड्स कलेज र नामीबीच एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा

केन्द्रबिन्दु
0
Shares

किड्स कलेज र नामीद्वारा एआई शैक्षिककार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा गरेको छ । 

विहीबार काठमाडौंमापत्रकार सम्मेलन गर्दै उद्यमशीलशिक्षामा अग्रणी काठमाडौंस्थित किंड्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धि शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । 

उद्यमशीलताका साथमा सूचनाप्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै आएको किड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थाननामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएको छ । 

यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिककार्यक्रम सञ्चालन गर्ने भएको छ । किड्स कलेज र नामीले व्यक्तितथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागिआवश्यकउच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् । 

कार्यक्रमको प्रथम चरणमा सूचनाप्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ ।

Skip This
Skip This
Logo