‘अलिअलि बिग्रेकोले माओवादी पार्टी जस्तो भएन, अब सपारिन्छ’ -अध्यक्ष प्रचण्ड

‘अलिअलि बिग्रेकोले माओवादी पार्टी जस्तो भएन, अब सपारिन्छ’ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलिअलि बिग्रेको पार्टी अब सुधार्ने बताएका छन् । 

बिहीवार पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिनको समापनपछि संचारकर्मीहरुलाई छाेटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने- ‘अलिअलि विग्रेको कारण पार्टी पार्टीजस्तो भएन ,अब सपारीन्छ अहिलेदेखि ।’

हिजो केन्द्रीय समिति बैठकको पहिलो दिन बैठकको शुभारम्भ गर्ने क्रममा उनले माओवादी पार्टी, पार्टी जस्तो भएन भनेको विषयमा पत्रकारले प्रश्न उठाएका हुन् ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डकाे टिप्पणी- माओवादी अहिले पार्टीजस्तो छैन

प्रचण्डकाे दाबी- माओवादी केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्छ

Logo