सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । हालका प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको साउन २० गतेदेखि पदावधि सकिँदै छ ।
धारा १२९ मा सर्वोच्चको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ । हाल सर्वोच्चमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेपनि श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका थिए । संवैधानिक परिषद्ले पनि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्ने गर्दछ ।
परिषद्बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।































प्रतिक्रिया