केन्द्रबिन्दु एक्सप्रेसः प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस, सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस, सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन्।

माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेशकुमार आचार्यका अनुसार सरकारी कम्पनी समरजंगका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र ललितानिवासको जग्गाधनी भएकी सिद्धिका खेतानलाई हाजिरी जमानीमा छाडिएको हो। पोखरेल बिरामी भएकाले र खेतानले जग्गा फिर्ता गरेकाले उनीहरूलाई थुनामुक्त गरिएकोे छ।  

अर्थमन्त्री प्रकाशशरण महतले भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन्। विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा अर्थमन्त्री महतले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन्।

मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरेकाछन्।  

नेकपा एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चारदिन पछि बस्ने गरी स्थगित भएको छ। एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो।  

आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी पक्षबीच सहमति भएको हो। सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले बिहीबारदेखि आन्दोलन स्थगित् गर्ने सहमति गरेका छन्।

विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा अर्थमन्त्री महतले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन्।

काठमाडाैँ बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। 

सरकारले,२ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिएकी छिन्। 

सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ। सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएकी छिन्।  

नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको हो।

संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ। सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा,जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री,कुवेतका लागि राजदूतमा घनश्याम लम्साल,थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टाराइलाई सिफारिस गरेको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको छ। नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको हो। सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आउँदो भदौ पहिलो हप्तासम्म केन्द्रमा पठाउनुपर्ने छ। 

पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ। बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन्। पूर्वी पहाडी जिल्ला पाँचथरमा बिहीवार अलैँची प्रतिमन को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

मुलुककै प्रमुखनाका वीरगञ्जबाट विद्युतीय सवारी साधनको आयात दोब्बरले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीयजिप, कार, भ्यानको आयात दोब्बरभन्दा बढी अर्थात् १२७ प्रतिशतले बढेको हो। 

कारोबार हुने साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ। बिहीबार पनिदिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो। बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २हजार ८९.८४ को विन्दुमा पुगेर बन्द भएको छ।

चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ। इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी गरेको हो।

ब्राजिलियन स्टार नेयमारको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)प्रि सिजनको मैत्रीपूर्ण खेलमा पहिलो जित निकालेको छ।

अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने घोषणा गरेको छ। नाइजरमा गएको हप्ता भएको ‘कु’ पछि अमेरिकाले आफ्नो दूतावास आंशिक खाली गर्न आदेश दिएको बीबीसीले जनाएको छ। 

ब्राजिलियन स्टार नेयमारको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)प्रि सिजनको मैत्रीपूर्ण खेलमा पहिलो जित निकालेको छ। बिहीबार भएको खेलमा पिएसजीले दक्षिण कोरियाको क्लब जिओनवकमाथि ३-०को जित निकालेको हो। पिएसजीको जितमा लामोसमयपछि मैदानमा फर्किएका नेयमारले दई गोल गरे भने मार्को एसेन्सियोले एक गोल गरेका छन्।

Logo