अबिरल वर्षाका कारण सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ। बुर्तिबाङ-ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका-५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटकबीच बाटोमै अलपत्र छन्। ढोरपाटन,बोबाङ,फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प रहेका छन्। बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन। बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ।































प्रतिक्रिया