मेक्सिकोमा बस दुर्घटनामा १७ काे मृत्यु

मेक्सिकोमा बस दुर्घटनामा १७ काे मृत्यु

केन्द्रबिन्दु
0
Shares

पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ। सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन् भने अन्य २२ जना घाइते भएका छन्। यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन्। बसमा ४० जना यात्रु सवार थिए। सबैजना तिजुआना जाँदै थिए। 

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो। गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो।

Skip This
Skip This
Logo