सिद्धार्थ बैंकको नाफा ३१९ करोड

सिद्धार्थ बैंकको नाफा ३१९ करोड

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको असार मसान्तको तुलनामा १० प्रतिशत बढी हो।

२०७९ असार मसान्तसम्ममा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन २०८० असार मसान्तमा २९ करोडले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको हो।बैंकको रिजर्भमा भने १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ।

बैंकले गत आवसको असार मसान्तसम्ममा २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड रुपैयाँ गरेको छ।

बैंकको वितरण योग्य नाफा भने ७९ करोड रुपैयाँ मात्रै छ। १४ अर्ब ८ करोड रुपैयँँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५.५६ प्रतिशत मात्रै लाभांश दिन सक्नेछ।

Skip This
Skip This
Logo