सानिमा बैंकले गत आर्थिक बर्षको चौँथो त्रैमासिक अवधीमा अधिकांश वित्तिय परिसूचकहरुमा छलाङ मारेको छ। बैंकले २४.८८ प्रतिशत नाफा वृद्धि गरेर १७.७३ प्रतिशत लाभांश क्षमता कायम गर्न सफल भएको छ।
सानिमा बैंकले सार्वजनिक गरेको आव २०७९/८० को चौँथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा २६१ करोड पुगेको छ। बैंकको नाफा आव २०७८/६९ को असार मसान्तसम्ममा जम्मा २०९ करोड रुपैयाँ मात्रै रहेकाे थियो। अर्थात बैंकले गत आवमा आफ्नो नाफा ५२ करोडले वृद्धि गर्न सफल भएको हो।
बैंकको वितरण योग्य नाफा नै २२० करोड रुपैयाँ आर्जन भएको छ। १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले आफ्ना लगानीकर्तालाई १७.७३ प्रतिशत लाभांश दिन सक्छ। बैंकको जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ।
बैंकले एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४५ अर्ब रुपैयँँ ऋण लगानी गरेको छ। जसबाट बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४८ करोड रुपैयाँ भएको देखिन्छ।
सानिमाको खराब कर्जा १.३० प्रतिशतमा सिमित भएको छ भने आधार ब्याजदर १०.१५ प्रतिशत छ। बैंकको स्प्रेड दर ४ प्रतिशत रहँदा नेटवर्थ १५५.५१ र सीडी रेसियो ७९ प्रतिशत कायम छ।





























प्रतिक्रिया