दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्।
गएराति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जनाको घाइते भएका छन्। पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका-८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए।
बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकीरहेको दोलखाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। पहिरोको कारण सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन्। अझै पनि यकिन विवरण आइन नसकेको उनले जानकारी दिए।





























प्रतिक्रिया