कालीगण्डकीमा एकजना बेपत्ता

कालीगण्डकीमा एकजना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

तनहुँको देवघाट गाउँपालिका-५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन्। 

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। बेपत्ता भुसालको खोजी भइरहेको छ। 

Logo