नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक बिहान ११ बजेदेखि सुरु भएको हो।
बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व, भ्रष्टाचार र संगठनका विषयमा आलोचना र समर्थन दुवै गरिरहेका छन्।
बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम स्पष्ट भएर जानुपर्ने माग केन्द्रीय सदस्यहरुले गरेका छन्। ५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म चल्नेछ। शुक्रबार बोल्नका लागि १०० जना बढीले नाम टिपाएको र समय पुगेसम्म बोल्न दिने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।





























प्रतिक्रिया