शाइन रेसुंगा डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडाैँ थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

Skip This
Skip This
Logo