सभापति नहुँदाको असरः चित्रबहादुर केसी र कृष्णगोपाल श्रेष्ठबीच चल्यो जुहारी

सभापति नहुँदाको असरः चित्रबहादुर केसी र कृष्णगोपाल श्रेष्ठबीच चल्यो जुहारी

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिहरु सभापतिविहीन हुँदा बैठकको सञ्चालनलाई लिएर सांसदहरुबीच नै वादविवाद र तर्क वितर्क हुन थालेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको विषयलाई लिएर समितिका सभापतित्व गरिरहेका जेष्ठ सदस्य चित्रबहादुर केसी र समितिका सदस्य कृष्णगोपाल श्रेष्ठबीच विवाद नै भएको छ । 

शुक्रबार बसेको समितिको बैठकमा सदस्य श्रेष्ठले बैठक प्रभावकारी बन्न नसक्नु र बैठक ढिला हुनुमा पनि कामचलाउ सभापति केसीको हात रहेको आरोप लगाए । सभापति केसी निर्वाचन क्षेत्र गएको बेलामा के बैठक नै बस्न नहुने हो ? भन्दै श्रेष्ठले प्रश्न पनि गरे । 

उनले भने, ‘यो समितिको सभापति निर्वाचित सभापति नभएकोले हामी मध्यबाट जेष्ठ मान्ने मध्यबाट सभापति हुनुभएको छ। यो ढिला हुनुमा चित्रबहादुर केसी मात्र कामचलाउ सभापति हुनुहुन्छ । यसमा उहाँको कति समस्या कति कमी कमजोरी दोष भन्ने कुरा सुरुमै उहाँले आत्माआलोचना गर्नु भो । त्यो आफ्नो ठाउँमा छ  र तर दिलेन्द्र बडु र म त यहाँ पुरानो निरन्तर छँदै छौं । हामी हाम्रै योग्ताको कुरा पनि गर्दै छाैं । सभापति ज्यु चित्रबहादुर केसी कामविषेशले निर्वाचन क्षेत्रमा भ्याई नभ्याई पुगेको स्थितिमा उहाँको अनुपस्थितमा यो राज्य व्यवस्था समिति नचल्ने हो ? उहाँको अनुपस्थितीमा अरु भएको मध्य जेष्ठ सदस्यबाट बैठक चल्न सक्छ नि ।’

सदस्य श्रेष्ठको यो आरोप पछि बोल्नमा माहिर एवं बोलक्कड मानिएका कायममुकायम सभापति चित्रबहादुर केसीले आफ्नो अनुपस्थितिमा बैठक नचल्ने कुरा नै नहुने बताए । आफू जेठो भएकोले सभापति भएको भन्दै बैठक नबस्नुको दोष आफ्नो मात्र ढाडमा हाल्न नमिल्ने बताए । 

उनले भने, ‘सभापति थिएन मैले चलाएँ मेरो अनुपस्थितिमा दिलेन्द्र बडुले चलाउनु भयो । यहि छ उदाहरण अनि म पनि व्यस्त मान्छे अनि मेरो अनुपस्थितिमा बैठक नै नचल्ने भन्ने हुन्छ ? यो चाही हामी सबैले महसुस गर्नुपर्छ । आज हामी जुनविन्दुमा हामी छौं, त्यो फेरि नहोस । सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो । हामी सबैको बराबर जिम्मेवारी हो । म यहाँ उमेरले जेठो भएकोले सभापति भएको हो । मेरो आफ्नो समस्या त छँदै छ । मैले बैठक बोलाईन भनेर मेरो ढाडमा हाल्न त भए न नि सरकारलाई भन्या छु त किन बैठक नबसेको भनेर बैठक त निरन्तर बस्नुपर्छ म केहि गरी अनुपस्थित भए भने पनि खुर्सानीबिना भान्सा अर्काल्नु भने झै सांसदहरुले पनि पहल गरेर यो बैठक चलाउनुपर्छ ।’ 

Skip This
Skip This
Logo