थाइल्याण्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो। यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन्।
थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ।































प्रतिक्रिया