राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँः अध्यक्ष ओली

राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकतावद्ध भएर अगाडी बढ्न तयार भएको बताएका छन् । 

पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा  समर्थन गर्न तयार भएको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गछौं । सहमति जनाउँछौं र एकतावद्ध भएर अगाडी बढ्न तयार छौं ।’

उनले राष्ट्रिय हितलाई छोडेर अरु कुरामा एमाले सहमति नहुने दाबी गरे ।

Skip This
Skip This
Logo