यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छः अध्यक्ष लिङ्देन

यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् । 

शनिवार काठमाडौंको इन्द्रायणीमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र संघीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका हुन् । काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको भन्दै उनले राप्रपामा पनि परिर्वतन जरुरी रहेको बताए । 

उनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन । सुविधा र छुट छैन । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होईन देशलाई दुर्घट्नामा लान्छ । त्यसकारण त्यो परिवर्तन जरुरी छ भन्ने त्यो अर्को पाटो हो राप्रपा पार्टी ।’

तीन तहको सरकार चाहिँदैन हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्ने राप्रपा बाहेक अरु कुनै पार्टी  नभएको उनको भनाई छ । उनले भने, ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अरु पार्टीको नेता जस्तो भ्रष्ट हुने सुविधा छैन् अरु नेता जस्तो १० गेट बनाएर दलाली गर्ने छुट पनि छैन ।’

उनले आफूले आफ्नै देशका अस्पतालमा उपचार हुन नसकेपनि देशको पैसा खर्च गरेर विदेशमा गएर उपचार नगर्ने उद्घोष गरे । 

Skip This
Skip This
Logo