महोत्तरीको बर्दिबासमा बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ। पिडित युवतीले बर्दिबासका रविन गौतमविरुद्ध बलत्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिएपछि याे घटना सार्वजनिक भएको हो।
गत साउन १६ मा पिडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो। उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ।
पीडित भनिएकी युवती आरोपित गौतमको किराना पशलमा काम गर्ने गरेको थिइन्। पसलमा बसिरहेको वेला गौतमले बलत्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ। उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो।
'सुरुदेखी नजिक हुने र संवेदनशिल अंगहरुमा छुने गर्दथे,' उनले भनिन्। युवतीकाे परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको बिषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएकाे जनाएका छन।
'पैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन,पिडित युवतीका मामाले भने, हामीलाइ पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौँ गर भनेपछि हामी प्रहरीकाेमा पुगेका हाैँ।' उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको बेला जवर्जस्ती गर्ने प्रयास गरेको पिडित युवतीले बताएकी छन्। छोरीमाथी भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पिडितका बुवाले अपिल गरेका छन्।
पसलको सिसिटीभी फुटेज नै फर्म्याट
युवतिमाथी गरिएका यौन हर्कतको प्रमाण नष्ट गर्ने उदेश्यले सिसिटिभी फुटेज नै फर्म्याट गरेको पाइएको छ। प्रहरीले थप प्रमाण बटुल्न सिसिटिभीमा कैद भएको भिडियो चेकजाँच गर्ने क्रममा डिलेट गरिएको पाइएको हो। अहिले गौतमको पसलमा भएको सिसिटिभीको हार्ड डिस्क प्रहरीले नियन्त्रण लिएको छ। हार्ड डिस्क रिकभरको प्रक्रियामा रहेको इलाका प्रहरीले जनाएको छ।
यता आरोपित गौतमले भने आफ्नो काम गर्ने कर्मचारीलाइ कुनै पनि यौनजन्य कार्य नगरेको प्रहरीलाइ बयान दिएका छन्। विदेश जाने तर्खर गरेको र पैसाको लागि आफूलाई सुनियोजित रुपमा फसाइएको बयान दिएको प्रहरी स्रोतले बताएको छ।































प्रतिक्रिया