वेदुराम भुसाललाई कार्यवाहक अध्यक्ष दिएर माधव नेपाल दुई साताका लागि विदेश उडे

वेदुराम भुसाललाई कार्यवाहक अध्यक्ष दिएर माधव नेपाल दुई साताका लागि विदेश उडे

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार विहान जेनेभा प्रस्थान गरेका छन्। 

भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ। अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। 

Logo