सौरमास अनुसार साउने सोमबारको चौँथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम लागेकाे छ। साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन्।
साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए।
पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ। सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए। बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ ।
.jpg)
 (1)(1).jpg)
.jpg)
 (1)(1).jpg)
 (1)(1).jpg)
 (1).jpg)
 (1).jpg)
 (1)(1).jpg)
.jpg)
(1).jpg)
 (1)(1).jpg)
 (1).jpg)
 (1)(1).jpg)
.jpg)
 (1).jpg)
 (1)(1).jpg)































प्रतिक्रिया