नेपाली बजारमा इलेक्ट्रिक एसयूभीको माग बढ्न थालेसँगै नयाँ ब्रान्डका इभी भित्रिने क्रमले निरन्तरता पाइरहेको छ।
सो नयाँ एसयूभीलाई कम्पनीले भदौ २६ देखी काठमाडौँमा आयोजना हुने नाडा अटो सोमा औपचारिक लन्च गर्ने तयारी गरेको छ। सेरेस-३ नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा एमजी जेडएस, टाटा नेक्सन र बीवाइडी एट्टो-३ सँग हुने अनुमान गरिएको छ।
सोही क्रममा नेपालको अटोमोवाइल व्यावसायमा स्थापित एमएडव्लू ग्रुप अन्तर्गतको कम्पनी एमएडव्लू बृद्धीले सेरेस ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारीलाई अन्तिम चरणमा रहेकाे छ।
सो नयाँ एसयूभीमा ५० किलोवाट आवरको व्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। एकपटकको सिंगल चार्जमा यसलाई ४०० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । यसको पावर १६३ पीएस र टर्क ३०० एनएम रहेको छ।
दुई भेरिएन्टमा नेपाल आउन लागेको यसको टप भेरिएन्टमा सनरुफ, ३६० डिग्री क्यामेरा र एडिएएस लागयत फिचर हुने अनुमान गरिएको छ।





























प्रतिक्रिया