सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक आर्थिक बर्ष २०७८ ७९ मा सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । 

आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो।अर्थमन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ।

यो कर बैंकले बर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो। ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आव २०७८र७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। 

२१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन्।

Logo