निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोहीमाथि अर्का पर्वताराेहीलाई मर्न छाडेकाे आरोप

निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोहीमाथि अर्का पर्वताराेहीलाई मर्न छाडेकाे आरोप

केन्द्रबिन्दु
0
Shares

निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोही माथी एक पर्वताराेहीलाई मर्न दिएको आरोप लागेकाे छ।

एक नर्वेजियन पर्वतारोही विश्वका १४ अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा छाेटाे समयकाे आरोही बन्ने क्रममा साे आरोप लागेकाे हाे। उनले कीर्तिमान पूरा गर्न आरोहीले मृतक शेर्पालाई पछाडि छोडेको आरोप लागेको छ।

सोसल मिडियामा युवा पर्वतारोहीको निकै आलोचना भइरहेको छ। आलोचनाकाबीच अहिले पर्वतारोहीले सामाजिक सञ्जालमा पोस्ट लेखेर स्पष्टिकरण दिएका छन्।

क्रिस्टिन हरिला (३७ वर्ष) र उनका नेपाली गाइड तेन्जिन लामा सबैभन्दा कम समय अर्थात् तीन महिना एक दिनमा विश्वका १४ अग्लो चुचुरोमा आरोहण पूरा गर्ने आरोही बनेका छन्। गत जुलाई २७ मा हरिलाले विश्वको सबैभन्दा अग्लो चुचुरो के २  को आरोहण गरेर यो उपलब्धि हासिल गरेको थिए।

के २ चुचुरोमा हरिलाको आरोहणको क्रममा एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हरिला र उनको टोली एउटा साँघुरो धारमा चढेको देखिन्छ। भिडियोमा त्यही क्रममा अर्का टोलीसँग के-२ आरोहण गर्दै आएका शेर्पा मोहम्मद हसन बाटोमा बेहोस भए पनि हरिला र उनको टोलीका सदस्य मर्दै गरेको हसनको शव माथिबाट गुज्रिरहेको देखिन्छ । 

यो भिडियो सार्वजनिक भएपछि हरिला र उनको टोलीप्रति जनताको आक्रोश छाएको छ र जनताले उनको कडा आलोचना गरिरहेका छन्। उनको सोही क्रममा मोहम्मद हसनको पछि मृत्यु भयो। क्रिस्टीन हरिलाले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेखेकी छिन्।

यस पोस्टमा हरिलाले भनेकी छन्, ‘मृत्यु भएका शेर्पालाई बचाउन आफूले सक्दो गरे।’  हरिलाले भनिन्, ‘सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै कुरा भइरहेका छन्, ज्यान मार्ने धम्कीसमेत आइरहेका छन्। बटलनेक क्षेत्रमा आफू र उनका अन्य तीन साथीले डेढ घन्टासम्म बचाउने प्रयास गरेको थिएँ।’

के २ शिखर चढ्दा बोटलनेक क्षेत्र निकै खतरनाक मानिन्छ। यहाँ धेरै आरोहीहरुको मृत्यु भएको छ। क्रिस्टीनले भनिन्, ‘उनका क्यामेराम्यान गेब्रियल हसनलाई मद्दत गर्न करिब एक घण्टा त्यहाँ बसे। यस क्रममा गेब्रियलले हसनलाई तातो पानी र अक्सिजन उपलब्ध गराए तर एक घण्टापछि गेब्रियलको अक्सिजन कम हुन थालेपछि उनी पनि बाहिरिनु परेको थियो।’

हसनको शव तल ल्याउन समेत नसकेको हरिलाले बताए। हरिलाले पोस्टमा लेखेकी छिन्,‘उनको मृत्यु निकै दुखद छ र मलाई उहाँको परिवारका लागि धेरै नराम्रो लागेको छ तर हामीले उहाँलाई बचाउनको लागि सक्दो प्रयास गरेका छौँ, विशेष गरी गेब्रियललाई।’ 

Skip This
Skip This
Logo