राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परिवार र पेट पाल्नकै लागि युवाहरु विदेशिनु भनेको राज्यको लागि लाजमर्दो कुरा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित बृहत रक्तदान, चियापान एवं अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष लिङ्देनले देशभित्र उद्योग धन्दाहरु स्थापना गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘देश भित्र उद्योग धन्दाहरुको स्थापान गरेर रोजगारीको सिर्जना गर्न सकियोस केवल परिवार पाल्नको लागि, पेट पाल्नको लागि विदेश जानु पर्ने दु:खदपूर्ण नियतिको अन्त्य होस् ।’ उनले देशका युवाहरु परिवार पाल्नकै लागि बाहिरिनु भनेको दु:खदायी र लाजमर्दो कुरा भएको बताए ।
अध्यक्ष लिङदेनले वास्तविकरुपमा परिवर्तन चाहने सशक्त युवाहरुलाई पार्टीमा आउन आव्हान पनि गरेका छन् ।





























प्रतिक्रिया