सेती नदीमा माछा मार्न गएका युवक बेपत्ता

सेती नदीमा माछा मार्न गएका युवक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । 

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।  

बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ । 

Skip This
Skip This
Logo