सांसद शर्मा पक्राउ प्रकरणमा ओलीको प्रश्नः स्कुलमा हुँदा चिट चोरेको थिइस् भन्दै क्याम्पसमा समाउने ?

सांसद शर्मा पक्राउ प्रकरणमा ओलीको प्रश्नः स्कुलमा हुँदा चिट चोरेको थिइस् भन्दै क्याम्पसमा समाउने ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउ प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारको शैलीको आलोचना गरेका हुन् । उनले स्कुलमा हुँदा चिट चोरेर पास गरेको भन्दै क्याम्पस पुगेको विद्यार्थीलाई कारवाही गर्न कतिको सुहाउने कुरा हो भन्दै प्रश्न गरे । 

उनले भने, ‘जाली सर्टिफिकेट भएको भए पोहोर परार पनि होला नी त ? पहिलेदेखि त्यो होला ? किन मुद्धा नचलाएको ? किन कारवाही नगरेको ? अस्ति संसदमा सुन काण्डबारे विरोध गरे पछि अचानक हतकडी लगाउन आयो मान्छे । किन भने तिमी पहिले विद्यार्थी हुँदा पढ्दा छेउको साथीको चिठ चोरेको थ्यौं नी तिमीले भन्दै । तिमीले आफैले लेखेकै हैन् । अर्काको चिट चोरेर पास गरेको त्यसको छानविन गर्दै छौं वाहा…।’ 

सरकारले आफ्नो बुद्धि ठेगानमा राखोस् भनेर सम्झाउँदै अध्यक्ष ओलीले सरकार अधिनायकवादी बन्न खोजेको आरोप लगाए । उनले भने, ‘हतकडी चाही लागि सक्यो कसलाई भन्दा एउटा जननिर्वाचित सांसदलाई जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरु यसै थर्किनु परेन ।’ 

Logo