ब्याज छुट नदिए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

ब्याज छुट नदिए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।  साना उद्योगी–व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

व्यवसायीहरुले बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न माग गरेका छन् । यदि सरकारले यसतर्फ ध्यान नदिए व्यवसाय पूर्ण रुपमा डुब्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरुले सरकार, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँग ब्याज मिनाहा र किस्ता तिर्ने म्याद सार्न आग्रह गरेका हुन् । व्यवसायीहरुले पाँच बुँदे माग राखेका छन् । उनीहरुले लकडाउन अवधिभरको बैंकको ब्याजदर शत-प्रतिशत छुट दिनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुर्नकर्जा कोषमा साना उद्योगी प्यवसायीको पहुँच सुनिश्चितता गर्नुपर्ने,कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने तथा स्प्रेड रेट घटाएर ३.५ प्रतिश कामय गर्नुपर्ने माग गरेका छन् ।

सरकाले आफ्ना मागहरु बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनी समेत दिएका छन् । साना उद्योगी–व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सरकारले आफ्ना माग पूरा नगरे संघर्षमा उत्रनुको विकल्प नभएको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटवालले कतिपय उद्योगहरु संचालन भइरहेकाले उनीहरुले कमाइहने र कतिपय उद्योगहरु अहिलेसम्म बन्दकै अवस्थामा भएकाले मार परेको बताए ।

नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिको तयारी गरिरहेका भएपनि राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना माग संबोधन गर्ने पक्का  नभएकाले सरकारले तत्काल आफ्ना माग सम्बोधन गर्नुपर्ने महासंघको माग छ ।

Logo