नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीति जस्तो प्रतिशोधको खेल सुरु गरेको भन्दै आक्रोश पोखेका छन् ।
गुरु लुइटेल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीतिको सिको गरेर प्रतिशोधको राजनीति थालेको भन्दै अब यसको अत्य कहिले हुन्छ भन्न नसकिने तर्क गरे ।
उनले भने,‘मैले अस्ती प्रधानमन्त्री जीलाई भने यो अलि पाकिस्तानी राजनीति । प्रतिशोधको राजनीति उहाँले आज सुरु गर्नु भएको छ । उहाँलाई मजा लागेको छ। यो यहीँ अन्त्य हुँदैन, यो त सुरु भयो ।’
उनले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नै नभएकाहरुको लोकतन्त्रको पक्षमा आवाज उठाउनेलाई डन्डा चलाउन थालेको भन्दै आक्रोश पोखे । उनले भने ‘यस देशमा शासनमा बस्ने दुई चार जना मान्छेको कुनै योगदान छैन यिनीहरु प्रजातन्त्रको विरुद्ध लडेर आएका हुन् । कुनै योगदान नभएका मान्छे अहिले आएर लोकतन्त्रको पक्षमा आवाज उठाउनेहरुलाई डण्डा चलाउन खोज्ने ? अनेक प्रकारका आरोप लगाउन खोज्ने ? व्ल्याकमेलीङ गर्न खोज्ने । यो समान्य जस्तो देखिन्छ एउटा मान्छे गिरफ्तार हुनु । तर यो सामान्य हैन् ।’
उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोप लगाएका छन् । उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे । ‘पहिले हत्कडी लगाएर खोरमा थुनेर अनि छानविन गर्ने के खालको जमना आयो यो ?पहिले समात्ने अनि छानविन गर्ने । दोषि छ भने थुन्ने की दोषि नभए पनि थुन्ने ?’ उनले भने ।































प्रतिक्रिया