सभामुख देवराज घिमिरेले नेपालको संस्कति र परम्पराको संरक्षण र प्रचार प्रसार गर्न सके मात्रै मुलुक विश्वको सम्पन्न राष्ट्र बन्न सक्ने बताएका छन् ।
काठमाडौंको शंखमुलमा आयोजित बागमती गंगा आरतिका क्रममा भक्तजनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कला साहित्य र संस्कृतिको संरक्षण र सप्रचार प्रसारबाट नेपाल सम्पन्न राष्ट्र र नेपाली सम्पन्न जनता बन्न सक्ने तर्क गरे ।
‘हामी वास्तवमा संसारको धनि राष्ट्रका धनि जनता बन्न सक्छौं । हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रा कला, हाम्रा धर्म, हाम्रा परम्परा, साहित्य हाम्रो इतिहास यस्तो छ । जस्ले विश्वमा भएका जात जाति धर्म र संस्कृतिको रितिरिवाज भन्दा धेरै छ । धेरै खालका संस्कार संस्कृतिहरु नै हाम्रो सम्पति हो ।’ उनले भने ।
तर नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक क्षमतालाई उपयोग गर्न नसकिएको सभामुख घिमिरेको भनाई छ । उनले नेपालको यो सम्भावनालाई आवश्यक प्रचार प्रसार गर्न र कानूनी ढंगले व्यवस्थित गर्न जरुरी रहेको बताए ।





























प्रतिक्रिया