उच्च सतर्कताका साथ काम गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

उच्च सतर्कताका साथ काम गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन्। भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्ताे निर्देशन दिएका हुन्। 

साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले भने,‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ। जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला।’

उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए। उनले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’

Logo