सुनकाण्ड चुस्की लगाउने विषय हैनः अध्यक्ष ओली

सुनकाण्ड चुस्की लगाउने विषय हैनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूहरुले संसद चलाउन खोजिहरेको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको बारे थाहा हुन्छ भन्ने भय भएको बताएका हुन् । 

'हामी संसद चलाउन खोहिरेका छौं तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्तापक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भइरहेको छ । एउटा नाकाबाट दिनमा १०० किलो सुनबाहिर आइरहेको छ सबै पास भएको छ। अनि के यो चुस्की लिने विषय हो ?' उनले भने । 

संसद अबरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने अध्यक्ष ओलीको भनाइ थियो । संसद निदाएर बस्ने ठाउँ हैन,नबाेली बस्ने हैन देश र जनताको पक्षमा बोल्नुपर्ने बताए । देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने पनि उनको भनाई थियो । 

Logo