अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीकाे राजीनामा

अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीकाे राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् । 

आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैंले पनि राजीनामा गर्न उचित हुने सुझाव दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री पनि यति अयोग्य, नालायक र भ्रष्टचारको चाङमाथि म नेतृत्व गर्छु भन्न अपठ्यारो लाग्नुपर्ने हो । उहाँले आफै राजीनामा गर्नुपर्ने हो । गृह मन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको हो ? आश्चर्यको विषय हो यो । त्यसमा पनि गृह मन्त्री जसको अभिभारा हो यो यो जिम्मेवारी बिल्कुल बहन नगरेर फेरी पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठयारो लाग्दैन ?’

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य भएको समेत बताएका छन् । ‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ । यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’ उनले भने ।

Skip This
Skip This
Logo