आज २०८० साउन २९ गते साेमबार। १४ अगस्ट २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
शुभारम्भको चर्चा चल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। लाभदायी र रमाइलो यात्रा पनि रहला।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
लाभदायक यात्रा हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज चिताएको कामले तीव्रता लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ। प्रेमीको सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ। सवारी साधन प्राप्तिको योग छ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ, तर आफन्तले साथ भने दिनेछन्।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। ब्यापार व्यवसायबाट आम्दानी हुनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धर्म र आस्था बढ्नेछ।































प्रतिक्रिया