काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाको सुनुवाइ मिति तय गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उनीहरूको सुनुवाइ मिति साउन १२ र १३ गते तय गर्ने निर्णय गरेको हो ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाको सुनुवाइ १२ साउन र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ १३ साउनमा हुनेछ ।
नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको सभापति श्रेष्ठले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले सिफारिस भएका छन् ।































