नामिबियाविरुद्ध चलेन नेपालको ब्याटिङ, १५७ रनमै अलआउट

नामिबियाविरुद्ध चलेन नेपालको ब्याटिङ, १५७ रनमै अलआउट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाल १५७ रनमै अलआउट भएको छ।

नेदरल्याण्ड्सको स्पोर्ट्सपार्कको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन जोडे।

नामिबियाका लागि जेजे स्मितले ९.५ ओभरमा एक मेडनसहित २७ रन दिएर सर्वाधिक ६ विकेट लिए।

Logo