साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । साउदी अरेबियाबाट टटक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल पैसा पठाउने विराटनगरका अभिषेक कालाखेतीले बीवाइडी अटो १ ईभी कार जितेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।

कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) ले मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउनुका साथै परिवारको जीवनस्तर सुधार्न पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले यस्ता योजनाले सेवा प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीको परिश्रमलाई सम्मान गर्दै उनीहरूका सपनालाई साकार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले पनि विदेशमा रहेका नेपालीको विश्वास कायम राख्दै सुरक्षित, छिटो र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए।

आइएमई र टटक्मोको संयुक्त आयोजनामा सञ्चालित ‘साउदीबाट टटक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन गरिएको थियो। योजनाअन्तर्गत साउदी अरेबियाबाट टटक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीलाई विभिन्न पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

अभियानको पहिलो चरणमा १२ जना सेवाग्राहीले आईफोन १७ र दुई जनाले विद्युतीय स्कुटर जितेका थिए। दोस्रो चरणमा हरेक साता पाँच जना सेवाग्राहीलाई १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। यसै योजनाको बम्पर उपहारअन्तर्गत अभिषेक कालाखेती बीवाइडी अटो १ ईभी कारका विजेता बनेका हुन्।

यसैबीच, आइएमई र टटक्मोले नयाँ प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेका छन्। १७ साउनदेखि १४ कात्तिक २०८३ सम्म सञ्चालन हुने योजनाअन्तर्गत साउदी अरेबियाबाट टटक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक साता दुई जनाले आफूले पठाएको रकमको दुई गुणासम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म तथा बम्पर योजनामा दुई जना भाग्यशाली विजेताले पाँच गुणासम्म पुरस्कार प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

Logo