काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी सम्पत्ति शुद्धीकरणको अभियोगमा कानुनी कारबाहीको दायरामा तानिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।
आयोगका अनुसार अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा प्राप्त गरेका थिए। उक्त जग्गासम्बन्धी कारोबारलाई आधार बनाएर उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको हो।































