काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताए ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे ।
“त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,” उनले भने, “विगतको कालोदिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने बेला आएको छ ।”
सभापति थापाले नेपाली कांग्रेस जुन मूल्यमान्यता र सिद्धान्त अनुसार नै अघि बढ्ने बताए । “कुनै बेला गणेशमानज्यूले लौरो लिएर सडकमा उत्रिँदा सबै काठमाडौँवासी जुरुक्क उठ्ने गर्नुहुन्थ्यो”, उनले भने, “अहिले कांग्रेस समय सान्दर्भिक पार्टी भएकाले फेरि जुर्मुराउने आशासहित अघि बढ्नका लागि आह्वान गर्दछु ।”































