म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगानले ला लिगा फुटबलमा डेब्यु गरेको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति गुन्डोगानको डेब्यु खेलमा बार्सिलोनाले गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो।
लिगको पहिलो खेलमा बराबरी खेल्दै दुवै टिमले समान एक अंक जोडेका छन् ।ला लिगाकै अन्य खेलमा ओसासुनाले सेल्टा भिगोलाई २-० ले हरायो भने रियल बेटिसले भिल्लारियललाई २-१ ले पाखा लगाएको थियो।
३२ वर्षका जर्मन खेलाडी यसै सिजन स्पेनिस जायन्ट बार्सिलोना आएका थिए। तर गुन्डोगानले डेब्यु गरेको खेलमा बार्सिलोना भने गेटाफेसँग गोल रहित बराबरीमा रोकियो।
तनावपूर्ण खेलमा बार्सिलोनाका राफिन्हाले रातो कार्ड खादै मैदान बाहिरिएका थिए। लिड्सका पूर्व फरवार्ड राफिन्हाले गेस्टटन अल्भारेजलाई फल गरेपछि रातो कार्ड पाएका थिए।
केही समयमा गेटाफे समेत १० खेलाडीमा सिमित बनेको थियो। जेमी माटा दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली गेटाफे समेत १० खेलाडीमा समेटिएको थियो ।





























प्रतिक्रिया