गण्डक ब्यारेजका सबै ढोका खुला

गण्डक ब्यारेजका सबै ढोका खुला

केन्द्रबिन्दु
0
Shares

नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजमा नेपाल र भारत दुवै तर्फका ३६ वटै ढोका खोलिएको हो।

आज बिहान गरिएको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पुगेको छ। गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ।

नारायणी नदीमा आइतबार रातिदेखि नै पानीको सतह बढेको छ। नारायणी पुलमा रहेको मापन केन्द्रमा पानीको सतह ११.०४ मिटर पुगेको छ।

Skip This
Skip This
Logo