‘तर्सेर भाग्ने खालको मान्छे म हुँदै होइन’- माधव नेपाल

‘तर्सेर भाग्ने खालको मान्छे म हुँदै होइन’- माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वाेच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन्। 

सञ्चारकर्मिहरू सँग कुरा गर्दै उनले भने, ‘पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो, गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दा खेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन।’

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन्। उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए। 

Skip This
Skip This
Logo